नियम ६१
पकाएको तलब भत्ता पाउने
: (१) सशस्त्र प्रहरी कर्मचारीले प्रत्येक महिना भुक्तान भएपछि तलब भत्ता पाउनेछ
(२) कुनै सशस्त्र प्रहरी कर्मचारीले पकाएको तलब भत्ता निज जुनसुकै व्यहोराबाट सशस्त्र प्रहरी सेवामा नरहे पनि पाउनेछ ।
(३) ऐन तथा यस नियमावलीमा अन्यथा व्यवस्था भएकोमा बाहेक कुनै पनि सशस्त्र प्रहरी कर्मचारीले पाउने तलब भत्ता निजले काम गरिरहेको वा बिदामा बसेको बखत रोकिने छैन ।